site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा भारी वर्षा, थप पानी पर्न सक्ने सम्भावना
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । मकवानपुरमा आइतबार भारी वर्षा भएको छ । मकवानपुरका केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

उक्त क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“भाद्र १६ दिउँसो १२ः४५ । पछिल्लो तीन घण्टामा मकवानपुरको हात्तीसुँडे, हेटौँडा, मकवानपुरगढी, रजैया वर्षामापन केन्द्र, आसपासको क्षेत्रमा भारी वर्षा भएको, थप वर्षा हुन सक्ने, सो जिल्ला भई बहने बकैया नदी, पूर्व राप्ती नदी, अन्य साना खोलामा बहाव बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्