site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीले बगाउँदा धरानमा एकजनाको मृत्यु

धरान । धरानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो परेको भारी वर्षाका कारण ड्रेनमा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । 

विद्यालयबाट घर फर्कँदै गर्दा धरान–११ ऐश्वर्य मार्गको ड्रेनमा आएको भेल बाढीले बगाएर मृत्यु भएको हो । उनी भिक्टोरी विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार साथीसँगै विद्यालयबाट घर फर्कने क्रममा लिम्बूलाई बाढीले बगाएको थियो । 

धरान–११ मंगलबारे नजिक डे«नबाट बगाएर धरान–१७ ठकुरीखोलास्थित करिब दुई किलोमिटर तल झाडीमा अड्किएको अवस्थामा लिम्बू मृत भेटिएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro