site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सप्तरीमा बँदेल मारेको आरोपमा गए राति प्रहरीले पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १० जनालाई पक्राउ गरेको छ । सप्तरीको भारदह क्षेत्रमा बँदेल मारेको आरोपमा जिल्ला प्रहरी कार्यालयको टोलीले पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपानेसहित १० जनालाई नियन्त्रणमा लिएको हो ।

खेतमा स्थानीयले बँदेल मारेको र त्यहीँनजिक पूर्वडीआईजी पनि भेटिएका कारण सोधपुछका निम्ति नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी यज्ञविनोद पोखरेल बताए ।

“पक्राउ नै गरिएको भन्ने होइन । तर, बँदेल मारेको स्थाननजिकै उहाँ पनि भेटिएका कारण बुझ्न मात्रै ल्याएका हौँ,” डीआईजी पोखरेलले बाह्रखरीसित भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro