site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नियामक निकायमा हुने भागबन्डाको क्रमभंगता गरौँ, सुरु धितोपत्र बोर्डबाट गरौँ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले नियामक निकायका पदमा राजनीतिक भागबन्डा र पैसाको खेलोबाट मुक्त गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद वाग्लेले पछिल्लो १० वर्षको अवधिमा पैसाको चलखेल र राजनीतिक भागबन्डाले नियामक निकायहरू बिग्रिएको बताए ।

उनले यसमा कुनै न कुनै बेला क्रमभंगता आवश्यक रहेको बताए । यसको सुरुवात नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटबाट गर्नुपर्ने उनको भनाइ छ ।

“नियामकीय निकायहरू सेबोन, एनटीए, क्यानमा जुन ठूला–ठूला समस्या आइरहेका छन् । यसको यो मूल जरो महँगो र भ्रष्ट राजनीतिक प्रणालीमा ठूला–ठूला पदको किनबेच हुने, लेनदेन हुने, रेगुरेटरी निकायबाट पोलिसी करप्सन गर्ने र ठेक्काहरूबाट पैसा असुलेर हुने महँगो बोझिलो राजनीति हो,” उनले भने, “यसको कुनै न कुनै सयमा क्रम भंगता गर्नै पर्ने हुन्छ । यसको सुरुवात सेबोनबाटै गर्नुपर्ने देखिन्छ ।”

नियामक निकायलाई नीतिगत भ्रष्टाचारको अखडा नबनाउन काम गर्नुपर्ने उनको बताए । स्वार्थ बाझिने केही प्रावधानहरू हटाउने गरी ल्याइएको संशोधनमा सांसद वाग्लेले स्वागत गरेका छन् ।

पञ्चायतकालमा सार्वजनिक संस्थानका प्रबन्ध निर्देशकहरू गैरराजनीतिबाट ल्याउने प्रचलन चलाइएको पनि उनले स्मरण गराए । “१५–२० वर्ष अगाडि सार्वजनिक संस्थानहरूको जीएम पारदर्शी, लोकतान्त्रिक र गैरराजनीतिक ढंगबाट नियुक्त गर्ने एउटा अभ्यास आएको थियो,” उनले भने, “केही वर्ष चल्न–चल्न खोज्यो, त्यो धराशायी भयो ।”

विगत १० वर्षको महत्त्वपूर्ण निकायको नियुक्तिमा भएको चलखेल र सेटिङले सरकार नै ढल्नेसम्मका गतिविधि भएको भन्दै सांसद वाग्लेले यसतर्फ सबैले विचार गर्नुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro