site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विदेशमन्त्रीस्तरीय बैठक : ओमानसमक्ष यस्ता छन् नेपालको पाँच प्रस्ताव
SkywellSkywell

काठमाडौं । नेपालले ओमानसमक्ष पाँचवटा प्रस्ताव अघि सारेको छ । मंगलबार काठमाडौंमा सम्पन्न नेपाल–ओमान विदेशमन्त्री स्तरीय द्विपक्षीय बैठकमा नेपालले ओमानसमक्ष ती प्रस्ताव गरेको हो ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री आरजु राणा देउवा र ओमानको नेतृत्व विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीले गरेका थिए ।

बैठकमा नेपालले गरेको पहिलो प्रस्ताव थियो– भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालन । परराष्ट्रमन्त्री डा. राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरेकी थिइन् ।

Dabur Nepal
NIC Asia

ओमानले यसअघि भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको थियो । हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरूलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि परराष्ट्रमन्त्री डा. राणाले आग्रह गरेकी थिइन् । यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताएका थिए ।

थप नेपाली कामदारलाई ओमान लैजान गरेको अनुरोध नेपालले गरेको दोस्रो प्रस्ताव थियो । बैठकमा नेपालले नेपाली श्रमिकहरूको हकहित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो । नेपाल पक्षले ओमानको श्रम कानुन र अरु वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो । 

ओमान पक्षले पनि नेपाली श्रमिकहरू काममा लगनशील र इमान्दार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप कामदार लैजाने बताएको थियो । यस विषयमा दुई देशबीचमा श्रम सम्झौता गरिने सहमति बैठकमा भएको छ । 

बैठकमा नेपालले गरेको तेस्रो प्रस्ताव थियो– ओमानी पर्यटकको नेपाल आगमन । परराष्ट्रमन्त्री डा. राणाले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजारभन्दा अग्ला हिमालहरू एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूबारे ओमानका समकक्षीलाई जानकारी दिएकी थिइन् ।  

यसैकारण नेपालको पर्यटकीय सम्भावना धेरै रहेकाले ओमानी पर्यटकलाई नेपाल पठाउन उनले आग्रह गरेकी थिइन् । 

बैठकमा नेपालले गरेको चौथो प्रस्ताव थियो– नेपालको पर्यटन क्षेत्रमा लगानी । परराष्ट्रमन्त्री डा. राणाले संयुक्त रूपमा केही गर्न सकिने प्रस्ताव गर्दै नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गरेकी थिइन् । 

नेपालले गरेको पाँचौँ प्रस्ताव थियो– जलविद्युत् लगायतका क्षेत्रमा लगानी । बैठकमा परराष्ट्रमन्त्री डा. राणाले नेपालमा जलविद्युत् लगायतका कैयौँ क्षेत्रमा लगानीका धेरै सम्भावना रहेकाले नेपालमा लगानी गर्न आग्रह गरेकी थिइन् ।   

बैठकपछि परराष्ट्रमन्त्री डा. राणाले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल र ओमानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइन् । 

उनले नेपाल र ओमान दुवै तर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयमा कुरा गरेको र दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी दिइन् । नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको जानकारी पनि मन्त्री डा. राणाले दिएकी थिइन् । 

मंगलबार भएको द्विपक्षीय बैठकमा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । 

बैठकमा हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu