site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओमानका विदेशमन्त्री भोलि नेपाल आउने

काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र विन हमाद अल्बुसैदी दुईदिने नेपाल भ्रमणका लागि भोलि (सोमबार) काठमाडौं आउने भएका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । 

नेपाल भ्रमणमा दुई परराष्ट्रमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । यसैगरी, नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा ओमानका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

ओमानका विदेशमन्त्रीले मंगलबार नेपालबाट फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro