site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
न्यूजिल्यान्डका नेपालीलाई सास्ती, पासपोर्ट नवीकरणकै लागि काठमाडौं पुग्नैपर्छ !
SkywellSkywell

सिड्नी अष्ट्रेलिया । न्यूजिल्यान्डमा पनि नेपाली विद्यार्थीलगायत कामदारहरूको संख्या ह्वात्तै बढ्न थालेको छ । 

अष्ट्रेलियामा नेपालीको संख्या दुई लाखको हाराहारीमा पुग्दै गर्दा हिमालको नाता जोडिएको एडमन्ड हिलारीको देश न्यूजिल्यान्डमा करिब २५ हजारको संख्यामा नेपाली बसोबास गर्दै आइरहेको वाणिज्य दूतावासले जनाएको छ । 

त्यसमाथि नेपालीमूलका न्यूजिल्यान्डबासीको संख्या खासै ठूलो छैन । न्यूजिल्यान्डकै नागरिकता लिनेको संख्या करिब चार हजार हाराहारी भए पनि प्रायः नेपालीले नेपाली पासपोर्टकै प्रयोग गर्छन्, सबैतिर । 

Dabur Nepal
NIC Asia

न्यूजिल्यान्डमा रहेका नेपालीलाई पासपोर्ट नवीकरणमा निकै ठूलो समस्या परेको स्थानीय भुक्तभोगी रमेश केसी बताउँछन् । 

नेपालबाट आउँदा पासपोर्टको म्याद छ महिना भएकै कारण नयाँ बनाउन नमिल्ने र यहाँ आएपछि नवीकरणको समस्याले आफू पीडित भएको बताउँछन्, उनी । 

न्यूजिल्यान्डलाई अस्ट्रेलियास्थित राजदुतावासले हेर्छ । एमआरपी पासपोर्ट बनाउन र बायोमेट्रिक्स गर्न स्वयम् उपस्थित हुनुपर्ने कारण उनको नवीकरण सम्भव हुन सकेन । उनले भिसाका लागि समेत आवेदन दिए । तर पासपोर्ट नवीकरण निम्ति उनले अष्ट्रलियाको भिसा पाएनन् । 

त्यहाँ कामदारका रुपमा कार्यरत हुँदै गर्दा अति आवश्यक पर्ने पासपोर्ट बनाउन उनी नेपाल फर्किने सोचमा छन् ।  यस्ता समस्याबाट रमेश केसीमात्र होइनन्, सयौं न्यूजिल्यान्डमा बसोबास गर्ने नेपालीहरू गुज्रिरहेको अकल्यान्डस्थित वाणिज्य दुतावास कार्यालयले जनाएको छ ।

अकल्यान्डका वाणिज्यदूत दिनेश खड्का भन्छन्, ‘‘हामीकहाँ दिन दिनै यस्ता समस्या आउँछन् । हामीसँग समाधान पनि छैन र भन्ने बाटा पनि छैनन् । न्यूजिल्यान्डमा घुम्ती शिविर वर्षको एक पटक हुन्छ । त्यसमा ज–जसले समय मिलाउनुभयो, उहाँहरूको बन्यो ।’’ 

उनले स्पष्ट पार्दैै भने, ‘‘यहाँबाट कतिपय पासपोर्ट बनाउनै नेपाल पनि जानु भएको छ, यो समस्या सानो होइन । न्यूजिल्यान्ड जस्तो ठाउँमा कि राजदूतावास स्थापना गर्नुपर्यो । नत्र वाणिज्यदूत कहाँ भए पनि एक जना परराष्ट्रको कर्मचारीको दरबन्दी दिन सक्नुपर्यो । अब सरकारले सोच्ने बेला आइसक्यो ।’’ 

हाल अकल्यान्ड क्षेत्रमा दश हजारको हाराहारीमा नेपाली बसोबास पाइन्छ । 

खड्का भन्छन्, ‘‘नेपाली कामदारहरू पेशामा हुनुहुन्छ, गुनासो अरु कुराको भन्दा पासपोर्ट नै बढी आएको छ । हामीले दूतावास लगायतमा हाम्रो समस्या राखेका छौं । तर त्यहाँ पनि श्रोत र साधनको कमी छ । घुम्ती सेवाले मात्र अब न्यूजिल्यान्डमा पासपोर्टलगायत अन्य विषयगत समस्या समाधान हुन कठिन देखिएको छ । राज्यले यस्ता विषयलाई गम्भीरताका साथ लिनुपर्छ ।’’

कोरोनाकालपछि मात्र भ्रमण भिसामा करिब पच्चीस सय नेपाली विविध रुपमा काम र अवसरको खोजीमा न्यूजिल्यान्डमा आएका छन् । उनीहरूको पनि अनेकन समस्या देखिएको छ । क्षमता भएकाहरू ‘एडजस्ट’ भएका छन् अन्यको हकमा समस्या उस्तै छ ।

खड्काले न्यूजिल्यान्डको अवस्था चित्रण गर्दै भन्छन्, ‘‘करिब चार हजार विद्यार्थीहरू उच्च अध्ययनका लागि न्यूजिल्यान्ड आएको देखिन्छ । तर यहाँ काम र पढाइको अवस्था सहज छैन । हप्ताको २० घन्टा काम गरेर फि तिर्न र खान बस्न निकै कठिन छ । पढ्न आउने विद्यार्थीहरूका पनि मानसिकदेखि अनेकन समस्या देखिएका छन् ।’’ 

सगरमाथाले जोडेको ‘एडमन्ड’ हिलारीको देश न्यूजिल्यान्डसँग हाम्रो कूटनीतिक सम्बन्ध स्थापना भएको धेरै वर्ष भइसकेको छ ।  हिजोका दिनमा साइनो हिमालले जोडिन्थ्यो, अब नेपालीको संख्या ह्वातै बढदै गर्दा आपसी हितका थुप्रै कुरा अघि बढिसकेका छन् । 

‘‘मुलुकले पनि दुई देशबीचको आपसी भाइचारा मात्रै होइन आफ्ना नागरिकको सेवा र सुविधाका लागि पनि राजदुतावास स्थापना गर्ने बेला आइसकेको छ,’’ वाणिज्यदूत खड्का भन्छन्, ‘‘नत्र एमआरपी पासपोर्टका लागि आवश्यक पर्ने बायोमेट्रिक्स गर्ने सुविधा वाणिज्य दुतावासलाई दिनुपर्यो ।’’

वाणिज्यदूत खड्काको सुझाव छ, ‘‘नेपालमा अष्ट्रेलिया जस्तो मुलुकले पनि बायोम्याट्रिक्सका लागि काठमाडौंमा निजी कम्पनीलाई जिम्मेवारी दिएको छ भने हामीले सहजता र सुविधाका लागि अन्य उपाय अपनाउन सक्छौँ ।’’
 
हुन त, अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली दूतावासले अष्ट्रेलियामै रहेकाहरूलाई पासपोर्ट समस्याबाट सहज बनाउन सकिरहेको छैन ।  सन् २००७ मा सात हजारको हाराहारीमा नेपाली हुँदा स्थापित नेपाली राजदुतावासलाई दुई लाख नेपाली व्यबस्थापन गर्नुपरेको छ । 

चार जना कर्मचारीले धानेको दूतावासमा फोन उठाउन पनि हम्मेहम्मे छ ।

अस्ट्रेलियाका लागि नेपालका कार्यवाहक राजदूत कुलबहादुर मगर स्रोत र साधनले भ्याएसम्म न्यूजिल्यान्ड बस्ने नेपालीको पासपोर्टलगायतका समस्या सम्वोधन गर्ने काममा लागिपरेको बताउँछन् । 

उनी भन्छन्, ‘‘हामीले पासपोर्टका लागि अस्ट्रेलियाबाट बायोम्याट्रिक्स मसिनसहित बर्षेनी शिविर सच्चालन गर्ने गरेका छौँ, फेरि पनि निकट भविष्यमै जाने योजना छ । अष्ट्रेलिया आफैँमा ठूलो देश छ, पर्थबाट सिडनी आउन नै पाँच घन्टा उड्नुपर्छ यस्तो अवस्थामा हामीले भ्याएसम्म सबै स्थानलाई महत्वका साथ राखेर काम गरेका छौँ ।’’

तर जे भने पनि न्यूजिल्यान्डका नेपालीहरूको समस्या भने ज्युँ का त्युँ छ ।  पासपोर्टको म्याद सकिने बेला आएपछि समस्या जटिल बन्ने गर्छ । अस्ट्रेलिया आउन हजारौँ डलर तिरे पनि भीसा पाइँदैन ।  तर त्यही खर्चले नेपाल पुगिन्छ र उनीहरू पासपोर्ट नवीकरणका लागि नेपाल जाने गर्छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu