देश
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित रामजानकी मठको पोखरीमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । पोखरीमा डुबेर ब्रह्मपुरी–२ का ६ वर्षीय अंकित साहको मृत्यु भएको हो ।
घरनजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनलाई स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन नसकिएको उनले बताए । रासस
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१ १६:५४
प्रतिक्रिया दिनुहोस्