site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रवि लामिछानेसँग संसदीय छानबिन समितिले लियो बयान

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेलाई बयान लिएको हो । गोरखा मिडियामा विभिन्न सहकारीबाट गैरकानुनी रूपमा बचतकर्ताको रकम लगानी गरिएको बताइएको छ । यही विषयलाई लिएर केही महिनाअघि सदनमा हंगामा भएपछि छानबिन समिति गठन गरिएको थियो ।

गोरखा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम लगाएतका सहकारीबाट रकम सारिएको आरोप छ ।

त्यस्तै, समितिले शुक्रबार नै गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीसँग पनि बयान लिएको थियो । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसद्ले छानविन समिति गठन गरेको थियो । समितिको तीन महिनाको समयअवधि भदौ २३ गते सकिँदैछ । उक्त समयअवधिभित्रै प्रतिवेदन बुझाउने गरी प्रतिवेदनको मस्यौदा समेत तयार भइरहेको समितिले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro