site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इन्टिग्रेसन चेयर), निदा दुन मल्ल (मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क एन्ड कम्युनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एन्ड एक्सपान्सन चेयर),साइनी खेतान (स्टार्टअप चेयर) निर्वाचित भएका हुन् । सन् २०२३/२०२४ को अध्यक्ष अनुराग गोयल थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायहरूलाई नीतिगत सुझाव दिन मञ्चलाई आग्रह गरे । देशमा रोजगारी बढाउन, औद्योगीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरूलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिँदै अध्यक्ष अग्रवालले यसमा काम गर्न नयाँ टिमलाई सुझाव दिए ।

मञ्चका निवर्तमान अध्यक्ष अनुराग गोयलले नयाँ टिमले संस्थालाई नयाँ उचाइमा पुर्‍याउने गरी काम गर्ने विश्वास व्यक्त गरे ।  

स्टार्ट–अप र युवा उद्यमीहरूलाई प्रोत्साहनको खाँचो रहेको भन्दै नवनिर्वाचित अध्यक्ष अग्रवालले देशमै केही गर्ने चाहना भएका युवाहरूलाई प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने बताए ।

व्यवसाय क्षेत्रमा सन् २०१३ देखि आबद्ध अग्रवाल टौरस फर्माका निर्देशक हुन् । उनी मञ्चमा सन् २०१९ देखि सक्रिय छन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरूलाई प्रोत्साहन, प्रवर्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्