site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचारमा शून्य सहनशीलताको नीति देखावटी होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न लिएको शून्य सहनशीलताको नीति देखावटी नभएको बताएका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नमा ओलीले सरकारले यथार्थमा सकारात्मक परिवर्तन ल्याउने काम गर्ने उदेश्य राखेको बताए । “अहिलेको सरकारले कुनै एस्कुज खोज्दैन, काम गर्छ । भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न हामीले लिएको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता मात्रै र बनावटी, देखावटी होइन,” ओलीले भने । 

ओलीले भ्रष्टाचार नियन्त्रण प्रचारबाजी, होहल्लाको विषय मात्रै बन्न नहुने बताए । कानुनी अनुसन्धान र नतिजामुखी हुनुपर्ने ओलीको भनाइ छ । मन्त्रीहरूसँगको कार्यसम्पादन सम्झौतामा पनि सो विषयलाई स्पष्ट रूपमा समावेश गरिने जानकारी दिए ।

“अब माननीय मन्त्रीज्यूहरूसँग गरिने कार्यसम्झौतामा समेत यस विषयलाई स्पष्ट रूपमा समावेश गर्ने तयारी गरिएको छ,” प्रधानमन्त्रीले भने, “भ्रष्टाचार नियन्त्रण कार्यमा कठोर रूपमा सम्पूर्ण नियमनकारी निकायसँग समन्वय र सहजीकरण गरिने छ ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro