site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस–एमालेबीचको सहमतिमा शंका नगरौँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको सहमतिमा शंका नगर्न आग्रह गरेका छन् । कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको स्मृतिसभामा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफू र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको सहमति नलुकाइएको बताए । 

गठबन्धन बन्दा कसैले दबाब नदिएको उनको भनाइ छ । “कुनै पनि शंका उपशंका गर्न जरुरी छैन । ओली पनि प्रजातान्त्रिक सिद्धान्तमा पक्षमा हुनुहुन्छ । कांग्रेस हुने नै भयो । यो चाहिँ हाम्रो बीचमा अत्यन्तै सोच विचार गरेर भएको सहमति हो,” उनले भने । 

देउवाले उपराष्ट्रपति नै राष्ट्रियसभाको अध्यक्ष बन्ने विषय संविधान संशोधनको एजेन्डाभित्र पर्ने बताए । दुई पार्टीबीचको गठबन्धन अरुको खिलापमा नगरिएको भनाइ देउवाको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एकसाथ लैजाने उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro