site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेरबहादुर देउवाले लगेको किताब नफर्काएपछि... 

काठमाडौं । समाजवादी चिन्तक स्व. प्रदीप गिरिकी श्रीमती भारती सिलवाल गिरिले कांग्रेस सभापति शेरबहादुर देउवाले लगेको किताब फिर्ता नगरेको भनेपछि हाँसो गुञ्जियो । गिरिको स्मृति दिवसका अवसरमा बत्तीसपुतलीमा मंगलबार आयोजित कार्यक्रममा आफूले पढ्दै गरेको किताब देउवाले लगेको स्मरण गरिन् । 

“शेरबहादुरजी लन्डनबाट फर्किनुभएको थियो । उहाँलाई याद छ कि छैन । हामी त्यतिबेला थापाथलीमा बस्थ्यौँ । उहाँ जाने बेलामा मेरो एउटा जयकृष्णमूर्तिको किताब लिएर जानुभयो, मेरो अनुमतिबिना । सायद, त्यसको नाम लास्ट फ्रिडम थियो,” उनले सम्झिइन्, “मैले भने– किताब किन लैजान लागेको दिनुस् त मलाईं । म आध्यात्मिक पढ्दै छु भनेँ । पीजे (प्रदीप गिरि)ले छाड्देउ लान देउ भन्नुभयो । मैले उहाँले फर्काउनहुन्न क्या भनेँ । फर्काउछन्, लैजानदेउ भन्नुभयो ।” 

आफ्ना श्रीमान्लाई सम्झेर भावुक बनेकी गिरिले देउवाले उक्त किताब फर्काउने आशा व्यक्त गरिन् । “शेरबहादुरजीले लैजानुभएको कृष्णमूर्तिको किताब... । उहाँ गृहमन्त्री पनि भइसक्नुभयो, पाँचपटक प्रधानमन्त्री पनि भइसक्नुभयो । छैटौँपटक प्रधानमन्त्री हुने सम्भावना छ । तर, उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु,” उनले भनिन् । उनले त्यतिभन्दा हलमा हाँसो गुञ्जियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro