अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबार भएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१ ११:२६
प्रतिक्रिया दिनुहोस्