राजनीति
काठमाडौं । वाग्मती प्रदेशको मुख्य न्यायाधिवक्तामा सुकदेव काफ्ले नियुक्त भएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) को सिफारिसमा वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चौलागाईले जानकारी दिए ।
दोलखाको तामाकोसी गाउँपालिका निवासी काफ्ले २५ वर्षदेखि कानुन व्यवसायीको रूपमा काम गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ २३:२७
प्रतिक्रिया दिनुहोस्