site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२० खर्ब ४१ अर्ब विदेशी मुद्रा सञ्चित, १५.६ महिनाको आयात धान्ने
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । हाल सरकारसँग २० खर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा सञ्चित छ । ०८१ असार मसान्तमा मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब २७ करोड छ । ०८० असार मसान्तको तुलनामा यो ३२.६ प्रतिशतले बढी हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति एक खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ छ ।

आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro