राजनीति
काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, कानुनमन्त्री चौरसियाले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तु गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ ०६:३१
प्रतिक्रिया दिनुहोस्