site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी सञ्चालकसँगको सोधपुछ अन्तिम चरणमा : अब प्रतिवेदन लेखन

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोगबारे संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ । समितिको बैठक शनिबार पनि बसेको थियो । सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग समितिका सभापति सूर्य थापाले यस्तो बताएका हुन् ।

सोधपुछको कार्य अन्तिमतिर आइपुगेको भन्दै उनले समिति अब प्रतिवेदन लेखनको काममा लाग्ने उल्लेख गरे । विभिन्न मुद्दामा कारागारमा रहेका सहकारीका सञ्चालकसँग बयान लिने काम लगभग सकिएको उनले जानकारी दिए ।

शनिबारको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर सोधपुछ गरिएको उनले बताए ।

उनले समितिले धरान उपमहानगरपालिकाको नियमनमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि सोधपुछ गरेको जानकारी गराए ।

सूर्य थापाको भनाइ पढ्नोस्–
आजको बैठकमा हामीले नख्खु कारागारबाट कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास बचत तथा ऋण सहकारी संस्थालाई ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुईवटा संस्था सञ्चालन गर्दै आउनुभएका तेजविक्रम थापालाई बोलाएर सोधपुछ गरेका छौँ । पछिल्लो समयमा जीबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठलगायत आठवटा सहकारी संस्थासँग सम्बद्ध मधुसूदन पाठकसँग सोधपुछ गरेका छौँ । आजै हामीले धरान उपमहानगरपालिकाको नियमनमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि सोधपुछ गरेका छौँ । सोधपुछको अन्तिमतिर लागेका छौँ । सोधपुछलाई तथ्य प्राप्तिको उद्देश्यानुसार गरिरहेका छौँ । सहकारी ठगी र अरू विभिन्न मुद्दामा जेलमा रहेका व्यक्तिहरू सहकारीका मुख्य व्यक्तिहरू रहेको कारणले उनीहरूलाई नै नसोधी तथ्यमा पुग्न सक्दैन थियौँ । यो क्रम छिटो टुंग्याउने र प्रतिवेदन लेखनको कामलाई अन्तिम रूपमा त्यस काममा केन्द्रित हुने गरी जुट्नेछौँ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  २१:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro