site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीले सरकारबाट हट्नुपर्दाको पीडा पोख्यो : सञ्चारमन्त्री गुरुङ
SkywellSkywell

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारबाट बाहिरिनुपरेपछि नेकपा (माओवादी केन्द्र)ले प्रतिगमनको हल्ला चलाएको बताएका छन् । शनिबार काठमाडौंमा तमु सञ्चारकर्मी संघ नेपालले आयोजना गरेको कार्यक्रममा उनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्दा प्रतिगमन हुन्छ भन्ने हल्ला चलाएर माओवादीले सरकारबाट हट्नुपर्दाको पीडा पोखेको बताएका हुन् ।

पटक–पटक सरकार परिवर्तनको प्रयोग भएपछि मुलुकमा स्थिरता कायम गर्न ठूला दुई दल मिल्नुपरेको उनले जिकिर गरे । उनले मुलुकको परिवर्तनमा सबै दलको भूमिका महत्त्वपूर्ण रहेको बताए । उपलब्धि मास्ने काम कसैले नगर्ने उनले स्पष्ट पारे ।

KFC Island Ad
NIC Asia

गुरुङले कुनै दलको स्पष्ट बहुमत नआउँदा मुलुकमा देखिएको अस्थिरता अन्त्य गर्न निर्वाचन प्रणाली परिवर्तनको बहस चल्नु स्वाभाविक भएको तर्क गरे । यसैका कारण कोही आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । आवश्यकताअनुसार संविधान संशोधन गर्नुपर्दा सबैको सहमतिका साथ अघि बढ्ने उनले उल्लेख गरे ।

मन्त्री गुरुङले संविधानमा सबैको अधिकारका विषय रहेता पनि यसलाई व्यवहारमा लागु गर्न नीति, कानुन आवश्यक रहेको बताए । यसतर्फ सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro