site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोलुखुम्बुका सीडीओलाई प्रधानमन्त्रीको फोन : मानवीय क्षति हुन नपाओस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको बाढीबारे प्रमुख जिल्ला अधिकारी देवी पाण्डेसँग टेलिफोन कुराकानी गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रमुख जिल्ला अधिकारी पाण्डेसँग फोन गरेर पहिले नागरिकको ज्यान जोगाउन निर्देशन दिएका छन् ।

"पहिलो प्राथमिकता भनेको नागरिकको जीउ, ज्यानको सुरक्षा हो, मानवीय क्षति हुन नपाओस्, उनीहरूको ज्यान जोगाउन लाग्नुस्" प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीसँगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी पाण्डेले १२ घर र विद्यालय बगाएको जानकारी दिएकी छन् । उनले क्षतिको विवरण आउने क्रम जारी रहेको समेत बताएकी छन् । अहिले बाढी क्षेत्रमा नेपाली सेना र प्रहरीको टोली उद्धार खटिरहेको समेत बताएकी छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro