site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
थामे बाढी : एकजना बेपत्ता, विद्यालय र स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोसी नदीमा आएको बाढीले बगाएर एकजना बेपत्ता भएका छन् भने दर्जनभन्दा बढी घर बगेका छन् । बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

आज खुम्बु पासाङ ल्हामु गाउँपालिका–५, थामेस्थित भोटेकोसीमा आएको बाढीका कारण एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढीले थामेका सात घर, पाँच होटेल, एउटा विद्यालय र एउटा क्लिनिक बगाएको छ । सोही क्षेत्रका सात घर जोखिममा रहेका प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । नदी कटानका कारण तटीय क्षेत्रका बस्ती जोखिममा रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

घटनास्थलमा प्रहरी चौकी थम्बुचे र नाम्चेबाट सुरक्षाकर्मी परिचालित भएका छन् । हाल पानीको बहाव घट्दै गएको प्रहरीले जनाएको छ ।

वर्षातविना नै कोसीमा आएको बाढीको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । थामेभन्दा माथिको हिमताल फुटेर कोसीमा बाढी आएको हुनसक्ने स्थानीयको अनुमान छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro