काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री वर्माले शुक्रबार नै परराष्ट्रमन्त्री आरजु राणासँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल–अमेरिका सम्बन्ध, विकास सहयोगलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री वर्मा शुक्रबार बिहान काठमाडौं आएका हुन् ।
नेपाल भ्रमणको क्रममा उपविदेशमन्त्री वर्माले यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपालको आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जा र जनताबीचको सम्बन्धलगायत साझा प्राथमिकताका विषयमा छलफल गर्न उनी नेपाल आएका हुन् ।