काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा कोइरालाले अघिल्लो महाधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएकाले आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताए ।
उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ताहरूसँग भेटघाटमा रहेको र उमेदवारीका विषयलाई अन्यथा लिन नहुने बताए ।
अर्को प्रसंगमा कोइरालाले मुलुकलाई स्थायित्व दिन दुई ठूला दलबीच समीकरण बनेकाले सबैले मिलेर सफल बनाउनुपर्ने बताए । उनले राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको बताए ।
यस्तै, उनले कोसी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कोसी सरकारमा कांग्रेस सहभागी हुने सम्भावना रहेको जानकारी दिए ।