site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वरिष्ठ स्रष्टा स्वर्गीय परशु प्रधानप्रति श्रद्धाञ्जलीसहित एक मिनेट मौन धारण
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्रष्टाहरूले वरिष्ठ स्रष्टा स्वर्गीय परशु प्रधानप्रति श्रद्धाञ्जलीसहित एक मिनेट मौन धारण गरेका छन् । बिहीबार मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आयोजित 'शान्ति काव्य प्रवाह'मा स्रष्टाहरूले प्रधानप्रति श्रद्धाञ्जलीसहित एक मिनेट मौन धारण गरिका हुन् ।

स्रष्टा प्रधानको २०८० चैत ५ गते राति निधन भएको थियो । प्रधानको निधन ८० वर्षको उमेरमा काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको थियो । 

'शान्ति काव्य प्रवाह' स्रष्टाहरूले आफ्नो रचनामार्फत विश्वमा बढ्दै गइरहेको युद्ध र हिंसाको अन्त्यका लागि आह्वान गरेका थिए । यसैगरी, उनीहरूले नेपालमा विद्यमान विकृति र बेथितिको विरोध गर्दै नागरिक निरासाको चित्रण गरेका थिए ।

कार्यक्रममा स्रष्टा रामबाबु दाहालद्वारा लिखित बबिना भट्टराईको संगीत तथा गायन रहेको 'सपनीमा' शीर्षकको गीतको लोकापर्ण पनि गरिएको थियो ।

काव्य प्रवाह समाजका सभापति रामकृष्ण बरालको सभापतित्व र महासचिव रेनुका पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । जहाँ रामबहादुर पहाडी, गोविन्दप्रसाद घिमिरे वेदमणी, रत्ननिधि रेग्मी शुक्राचार्य, भाग्यशाली अधिकारी, मेनका पोख्रेल आचार्य, ऋचा, डा. बमबहादुर थापा, शान्ति रिसाल, राजेन्द्रप्रसाद ढुंगाना, सारदा पराजुली, लोचन रिजाल, मधु पोख्रेल, भुवन सिवाकोटी, रुद्र अधिकारी, जनार्दन अधिकारी, गगनदिप सर्व, रविन्द्र आसिश शैली, निर्मल पराजुली, टेकबहादुर लौडारी, अच्युतप्रसाद पौडेल, सरला तिमल्सिना, विष्णु थापासहित २२ जना स्रष्टाहरूले रचना प्रस्तुत गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro