site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा अस्पतालमै डाक्टरको बलात्कार र हत्यापछि निरन्तर विरोध प्रदर्शन

नयाँदिल्ली । भारतको वेस्ट बंगालका सडकमा बुधबार राति दसौँ हजार महिलाहरूले विरोध प्रदर्शन गरेका छन् । गत हप्ता कोलकाताको सरकारी अस्पतालमा एक ट्रेनीका रूपमा रहेकी डाक्टरको बलात्कारपछि हत्याको घटनालाई लिएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

गत हप्ताको शुक्रबार आरजी कार मेडिकल कलेजमा ३१ वर्षीय युवती डाक्टरको बलात्कारपछि निर्मम हत्या भएको थियो । त्यसै घटनालाई लिएर महिलाहरूले न्याय माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।

३६ घण्टा काम गरेपछि ती डाक्टर विश्राम कक्ष नहुँदा सेमिनार कोठामै सुतेकी थिइन् । अर्काेदिन बिहान उनका सहकर्मीले अर्धनग्न एवं विभत्स अवस्थामा उनको शव पोडियममा फेला पारेको बताइएको छ । घटनामा संलग्नताको आशंकामा अस्पतालका एक स्वयंसेवी पक्राउ परेको बताइएको छ ।

घटनापछि सामाजिक सञ्जालमार्फत विरोध प्रदर्शनमा उत्रिन आह्वान गर्दै बुधबार राति वर्षाबीच हजारौँ महिलाहरू सडकमा उत्रिएका हुन् । बिहीबार भारतले ७८औँ स्वोतन्त्रता दिवस मनाइरहेको छ ।

शान्तिपूर्ण प्रदर्शनका बीच केही युवाहरूले आरजी अस्तापलभित्रै प्रवेश गरी तोडफोड गरेका छन् । दिल्ली, हैदरावाद, मुम्बई र पूणेलगायत सहरमा समेत विरोध प्रदर्शन भएको जनाइएको छ । 

यो घटनाले भारतका लगभग ३० प्रतिशत महिला डाक्टर र ८० प्रतिशत नर्सहरूको सुरक्षा एवं कार्यस्थलमा हुने हिंसाको विषयलाई झल्काएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro