site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कपिलवस्तुको बाणगंगा नदी वरपर तटबन्ध निर्माण सुरु 

कपिलवस्तु । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनपछि कपिलवस्तुको महाराजगञ्ज नगरपालिका १० हरदौनास्थित बाणगंगा नदीको तटबन्ध निर्माण कार्य सुरु भएको छ । 

गत असार दोस्रो साता बाणगंगा नदीमा आएको बाढीले वस्तीमा क्षति पुगेपछि कपिलवस्तुका संघीय सांसद सुरेन्द्रराज आचार्यलगायतको टोली बस्ती जोगाउन उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पुगेकाे थियाे । 

नदी वरपरको बस्तीमा क्षति पुगेपछि उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले उक्त नदी वरपर तत्काल तटबन्धनको काम अगाडि बढाउन निर्देशन दिएका थिए । 

हालसम्म १०० मिटर जमिनमा तटबन्ध निर्माण  भइसकेको छ । उक्त बाढीले दुई घर विस्थापित हुनुका साथै २५ घर जोखिममा परेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro