site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
छानबिन समितिले लियो जेलमा रहेका चार सहकारी सञ्चालकको बयान

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले जेलमा रहेका कैदीहरूसँग बयान लिएको छ ।

सोमबार समितिले सुमेरू सहकारीका सेयर सदस्य राजबहादुर सिंह, कान्तिपुर सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल, आइडल नमुना सहकारीका अध्यक्ष केबी उप्रेती र सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङको बयान लिएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

उनले समितिले दुई दिनदेखि निरन्तररूपमा सहकारीका सञ्चालक तथा अध्यक्षहरूलाई बोलाएर सोधपुछ गरिरहेको बताए ।

उनले सुमेरू सहकारीका सेयर सदस्य सिंहले आफ्नो सम्पत्तिबाट सहकारी बचतकर्ताहरूको बचत फिर्ता गर्ने बताएको उल्लेख गरे ।
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro