site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी बैठकमा पार्टी कमिटीको आकार घटाउन प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा कमिटीको आकार सानो बनाउनुपर्ने प्रस्ताव आएको छ । सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरूले कमिटीको आकार घटाउनुपर्ने सुझाव राखेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

“पार्टी कमिटी आत्मालोचना गर्न पनि धौधौ हुने ठूला भए । कमिटी सानो बनाउनुपर्छ,” नेताहरूको सुझाव सुनाउँदै उनले भने । 

Dabur Nepal
NIC Asia

पार्टी नेतृत्वको विषयमा भने वैचारिक, राजनीतिक, सांगठनिक, विधिगत छलफलतिर जानुपर्ने सुझाव आएको उनले सुनाए । 

“नेतृत्वको सवालमा वैचारिक, राजनीतिक, सांगठनिक, विधिगत छलफलतिर जानुपर्छ भन्ने छ । सबैको सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति,” उनले भने, “त्यसको अभिव्यक्ति भनेको प्रचण्डबाट मात्रै हुन्छ भन्ने कुरा राख्नुभएको छ ।”  

माओवादीको स्थायी कमिटी बैठक शुक्रबारबाट जारी छ । भोलि बिहान ११ बजे पनि बैठक बस्ने सापकोटाले जानकारी दिए । बैठकमा नेताहरूलाई बोल्नका लागि २० मिनेटको समय तोकिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro