site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच लाख नयाँ सदस्य थप्न जसपा नेपालले चारमहिने अभियान चलाउने
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्न चारमहिने अभियान चलाउने भएको छ । भदौको पहिलो साता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने गरी तयार गरिएको संगठन निर्माण अभियान मंसिर मसान्तसम्म जारी रहने छ ।

केन्द्र र प्रदेश सरकारबाट बाहिर रहेको जसपा नेपाल संगठन निर्माणमा जुटेको हो । त्यसका लागि जसपा नेपालले आफ्ना केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षणसमेत दिएको छ ।

ललितपुरको महालक्ष्मीस्थान–६ स्थित सानोगाउँको थसी ब्यांक्वेटमा आइतबारदेखि केन्द्रीय समिति बैठक जारी छ । बैठकको दोस्रो दिन २१५ केन्द्रीय सदस्यलाई संगठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ ।

केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदै जसपा नेपालका अध्यक्ष यादवले आगामी चार महिनासम्म संगठन निर्माण, विस्तार, शुद्धीकरण र सुद्दढीकरण अभियानमा होमिन निर्देशन दिए ।

भियान टोल, बुथ, गाँउ, नगर, पालिका, प्रदेश, संघीय निर्वाचन वा क्षेत्रमा केन्द्रित हुने जसपा नेपालले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro