site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिहारको मन्दिरमा भागदौड हुँदा सातजनाको मृत्यु

बिहार । भारतको बिहारस्थित जहानाबाद जिल्लाको सिद्धेश्वरनाथ मन्दिरमा आइतबार राति भागदौड हुँदा सातजनाको मृत्यु भएको छ । १० भन्दा धेरै मानिस घाइते छन् । घटना स्थानीय समयानुसार रातको १२ देखि १२ः३० का बीचमा भएको थियो ।

जहानाबादका एसडीओ विकास कुमारले भने, “यो एक दुःखद घटना हो । सबै व्यवस्था गरिएको थियो । हामी अवस्थाको जानकारी लिइरहेका छौँ । अहिलेसम्म सातजनाको मृत्यु पुष्टि भएको छ । घाइते १० जनाभन्दा बढी छन् ।”

जहानाबादका डीएम अलंकिता पाण्डेले समाचार एजेन्सी एएनआईलाई बताए, “हामी हरेक कुरामा नजर लगाइरहेका छौँ । अब स्थिति नियन्त्रणमा छ ।”

जहानाबादका एसएचओ दिवाकर कुमार विश्वकर्माले भने, “डीएम र एसपी घटनास्थलमा गएका छन् । उनीहरूले अवस्थाको जानकारी लिइरहेका छन् । कुल सातजनाको मृत्यु भएको छ ।”

उनका अनुसार, मृतक तथा घाइतेका परिवारलाई भेटेर थप जानकारी लिने कार्य भइरहेको छ । मृतकको पहिचानपश्चात् शव पोस्टमार्टमका निम्ति पठाइनेछ । स्थानीय अस्पतालमा घाइतेको उपचार जारी छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro