site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस–एमाले सहकार्यको साझा दृष्टिकोण जनतालाई बताउनुपर्छ : कुन्दनराज काफ्ले
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले संविधानमा लेखिएका महिला, दलित, जनजाति र समावेशिताका मुद्दालाई पार्टीभित्र र बाहिर पनि पूर्णरूपमा कार्यान्वयन गर्न सक्नुपर्ने बताएका छन् ।

जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा काफ्लेले भने, "संविधानले जनतालाई दिएको मौलिक हक, शिक्षा स्वास्थ्य रोजगार खाद्यान्नसहितका हकहरू कांग्रेसले संविधान राम्रो देखिन्छ भनेर लेखेको हैन । यी बुँदा नेपाली जनताको जनजीविका सहज बनाउन राखिएको हो । त्यसैले यसको कार्यान्वयन गर्न वर्तमान सरकार अग्रसर बन्नुपर्छ । नेपाली जनताको जीवनस्तर सुधार्नु हाम्रो प्रमुख दायित्व हो ।"

Argakhachi Cement Island Ad

उनले नेपाल विद्यार्थी संघ, तरुण दलसहित सबै भ्रातृ तथा सुभेच्छुक संस्थाको समय नै महाधिवेशन अबिलम्व गर्नुपर्नेमा पनि जोड दिए ।

"विधान बमोजिमको महाधिवेशन नेतृत्व चयनका लागि मात्र होइन । नयाँ पुस्तालाई लोकतान्त्रिक अभ्यास आचरण र सिद्धान्त र व्यवहार सिकाउन पनि हो । त्यसैले कांग्रेसले सबै भ्रातृ संगठनलाई आन्तरिक लोकतन्त्रको अभ्यास गराउनैपर्छ  । समयमै महाधिवेशन गराउन अब सिंगो पार्टी पंक्ति लाग्नुपर्छ ।" 

उनले कांग्रेस र एमालेको सहकार्यको साझा दृष्टिकोण जनतासामु लिएर जानुपर्ने पनि बताए ।

वाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका काफ्लेले प्रदेश सरकार गठन गरेजस्तो मात्र देखिएकाले प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्