site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लय पक्रँदै छौँ : रवि लामिछाने
रवि लामिछाने । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई वर्षको अवधिमा आफूहरूले ‘जानेको गरेको’ बताएका छन् । पार्टी ठिक र लय पक्रँदै गरेको पनि उनले उल्लेख गरेका छन् ।

अबको यात्रा ‘नरम र गरमभन्दा माथि उठेर सुसंस्कृत राजनीतिक अभ्यासको’ हुने उनको भनाइ छ । “...अबको यात्रा संयम र धैर्यसहित परिष्कृत वैचारिक परिपक्वताको, चुस्त संगठनको, मर्यादित संसदीय अभ्यासको अनि नरम र गरमभन्दा माथि उठेर सुसंस्कृत राजनीतिक अभ्यासको,” शनिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

पार्टी परिपक्व हुने चरणमा रहेको पनि उल्लेख गरेका छन् । सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रूपमा पार्टीको ‘क्लोज क्याम्प’ सकिएको उनले जानकारी गराएका छन् ।

“सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रुपमा ‘क्लोज क्याम्प’ सकिएको छ । प्रदेशस्तरको छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशोधनको सुझाव केन्द्रीय समितिमा घनीभूत रूपमा छलफल हुने नै छ,” उनले लेखेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २१:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro