site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आरजु भन्छिन्– पार्टीबाट प्रधानमन्त्री बन्ने कुरा एक वा दुईपटक मात्र भनेर तोक्न हुँदैन
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने कुरा एक या दुई पटक मात्र भनेर तोक्न नहुने बताएकी छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका– २०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उनले यस्तो बताएकी हुन् ।

Dabur Nepal
NIC Asia

“प्रधानमन्त्री कति पटक बन्न पाउने भन्ने विषयमा कुनै प्रावधान पार्टीको विधानमा नै राख्नुपर्छ भन्ने मलाई लाग्दैन, यो त अनुभव, काम तथा उसको प्रभाकारिताका आधारमा हुने हो, उनले भनिन् ।

परराष्ट्रमन्त्री समेत रहेकी डा. राणाले यसअघिको बैठकमा आफ्नो मन्त्रालय, बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र अरु समसामयिक विषयमा जानकारी गराएकी थिइन् ।

उनले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उमेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राखेकी थिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro