site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हर्क साम्पाङविरुद्ध किन भइरहेछ धरानमा आन्दोलन ? के हो महसुल विवाद ?

विराटनगर । जनश्रमदान गरेर निकै परको मूलबाट सहरसम्म खानेपानीको ल्याएको भन्दै सुनसरीको धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङको निकै वाहवाही भयो । देश विदेशबाट उनलाई स्यावासी दिने लहर नै चल्यो ।  

स्थानीय तह निर्वाचनमा आफ्नो चुनावी एजेन्डा नै ‘धरानबासीलाई पानी खुवाउने’ बनाएर स्वतन्त्र उमेदबवार बनेका उनी विजयी भए ।  खानेपानीकै लागि चर्चामा आइरहने तिनै साम्पाङविरुद्ध धरानबासीहरु अहिले खानेपानीमा शुल्क वृद्धिविरुद्ध आन्दोलित भएका छन् । 

विहीबार दश राजनीतिक दल र विद्यार्थीको अगुवाइमा भएको जनप्रदर्शनका क्रममा धरानमा घम्साघम्सी नै चल्यो । आक्रोशित धरानबासीले उपमहानगरको साइनबोर्ड उप्काएर फ्याँक्न खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई रोक्यो । यस क्रममा मारपिट चल्यो । एक प्रहरीसहित तीनजना घाइते भए । 

Dabur Nepal
NIC Asia

महसुल वृद्धि फिर्ताको माग गर्न नगर प्रमुखको ध्यानाकर्षण गर्न आउने क्रममा उपमहानगर कार्यालय प्रवेश गर्न रोक लगाइयो ।  भित्र जान नपाएपछि विद्यार्थी थप आक्रोसित बने । साँझसम्म धर्ना र विरोध चलिरह्यो । विद्यार्थी घाइते भएको विषयमा मेयर साम्पाङले प्रेस विज्ञप्ति प्रकासित गरी माफी मागेका छन् । 
घटनामा महेन्द्र बहुमुखी क्याम्पस बिए चौथो सेमेष्टरका विद्यार्थी विक्रम परियारमाथि लाठी प्रहार भएको थियो । 

विद्यार्थीहरूले नगर प्रमुख साम्पाङले लिखित माफी नमागेसम्म धर्ना जारी राख्ने जनाएसँगै साम्पाङले तीनपटक भाषा सच्याएर राति नै विज्ञप्ति प्रकाशन गरेका छन् ।  हिजो ‘शासकविरुद्ध प्रश्न गर्दै संघर्षको बलमा विजयी भएका साम्पाङविरुद्ध किन धरानबासी आन्दोलित भए त ?’ 

आमरुपमा अहिले यो प्रश्न उठिरहेको आन्दोलनमा सक्रिय एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का धरान अध्यक्ष मनोज भट्टराई बताउँछन् । 

भन्छन्,“जनताको चाहना विपरीत र मनोमालिन्य ढंगले एक्लै अघि बढ्न खोज्दा समस्या भएको हो ।”

धरानमा खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले दिएको परामर्श बमोमिज खानेपानी व्यवस्थापन बोर्डले मूल्य निर्धारण नगरेकोमा स्थानीयको आक्रोश छ ।  अब पुरानै महसुल दर कायम नभएसम्म आन्दोलन गरिरहने भन्दै महसुल काउन्टरहरूमा तालबान्दी भएको छ । 

Student-Against-Sampang-1723171622.jpg
 

साम्पाङ आफैँ रिट बोकेर उच्च अदालत विराटनगर पुगेका थिए । अदालतको आदेशपछि दलहरुले लगाएको ताला भने खोलिएको थियो ।  नेपाली कांग्रेस उपमहागनर सभापति श्याम पोखरेलले जारी आन्दोलनलाई साम्पाङले नै बढाएको आरोप लगाएका छन् । 

जनताको मागप्रति बेवास्ता गरिरहेको बताउँदै उनले भने,“औपचारिक पत्राचार नगरी वार्तामा आऊ भन्दा कोही जान्छ ? बस्न सकिँदैन । शुल्क वृद्धिको खारेजी नै हाम्रो प्रमुख माग हो ।” 

बिहीबार बाहिर आन्दोलन चलिरहँदा उपमहानगर परिसरको गेट भित्रबाट साम्पाङले मौखिक रुपमा दलका एक–एक जना प्रतिनिधिलाई वार्तामा आउन आग्रह गरेका थिए । 

यस्तो छ शुल्क वृद्धि

धरानमा खानेपानीमा अत्याधिक शुल्क वृद्धि भएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । नयाँ धारा जडान गर्न खानेपानी बोर्डले ५ हजार रुपैयाँ बढाएको छ ।  पहिलो १/२ इन्चको पाइपमा घारा जडान गर्नुपरे जम्मा १५ हजार रुपैयाँ शुल्क लाग्दथ्यो । 

अब २० हजार रुपैयाँ बुझाउनु पर्छ । ४/३ को पाइपमा नयाँ धारा जडान शुल्क २५ हजार तोकेको छ । 

यसअघि १० हजार रुपैयाँ तिर्नु पर्दथ्यो । १ इन्चको पाइपमा अहिले ५० हजार शुल्क लाग्छ जबकि पहिले १५ हजार रुपैयाँ तिरे हुन्थ्यो । १–१/२ इन्चको धारा जडानको शुल्क ७५ हजार रुपैयाँ पुगेको छ । पहिले २० हजार लाग्थ्यो । 

यसैगरी धरान खानेपानी बोर्डले होल चेन्जको शुल्क समेत वृद्धि गरेको छ । १/२ को पाइपमा २ हजार शुल्क लिने गरेकोमा ५ हजार रुपैयाँ पुर्‍याइएको छ । ४/३ को पाइपको ३ हजारबाट ८ हजार,१ इन्चको पाइपमा ४ बाट १० हजार, १–१/२ इन्चको पाइपको शुल्क  ५ हजारबाट १५ हजार बनाइएको छ । बोर्डले खानेपानीको महसुल पनि बढाएको छ । 

ऋणभारले बढायौं : साम्पाङ

गत, आइतबार खानेपानी बोर्ड अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ) ले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका थिए । महसुल वृद्धि गर्नु बाध्यता भएको सुनाए । 

“२०७४ सालयता वृद्धि नभएकोले समय सापेक्ष बनाउन खोजेका हौं,” उनले भने,“हामीलाई विगतमा एसियाली विकास बैंक(एडिबी) बाट ल्याएको ऋण तिर्नुपर्ने बाध्यता छ ।”

साम्पाङका अनुसार ५७ करोड १९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।  यसका लागि नगर विकास कोषबाट पटक पटक पत्राचार गरी ताकेता भएको सुनाए ।  अघिल्लो आर्थिक वर्षको असारसम्म ६ करोड १ लाख ११ हजार ६८ रुपैयाँ किस्ता तिर्न नसकेको साम्पाङको भनाइ छ । 

उनले भने,“यो धरानको ऋण मिनाहा भयो भने शुल्क बढाउनै पर्दैन ।” जारी आन्दोलनबारे सामाजिक सञ्जालमा लेख्दै उनले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेलाई क्षतिपूर्ति तिराउने बताएका छन् । 

तस्बिर सौजन्य–मात्रिका नेपाल
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro