site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो ।

छापावाल (२४ क्यारेट) सुन बुधबार प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्