site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस योजना– मिसन ०८४ नभन्ने, सबै पालिकामा पुग्ने
SkywellSkywell

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस मिसन ०८४ घोषणा  नगरी गाउँ गाउँ पुग्ने तयारीमा जुटेको छ । 

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सोमबार बिहान हरेक जिल्लाका पालिकामा पुगेर वास्तविक अवस्था रिपोर्टिङ गर्न केन्द्रीय सदस्य पठाउने निर्णय भएको हो ।

नेपाली कांग्रेसले अभियानलाई मिसन ०८४ नामकरण भने नगर्ने भएको छ । 

KFC Island Ad
NIC Asia

उसले क्रियाशील सस्यहरुको अवस्था, पार्टी संयन्त्रमा भइरहेको काम, पार्टीका पदाधिकारी र नागरिकको सम्बन्ध, नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि र पार्टी तथा नागरिकको सम्बन्धसहितका विषयमा अध्ययन गरी केन्द्रमा प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्हरुको टिओआर तोक्ने तयारी गरेको छ । 

नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीका अनुसार केन्द्रीय समितिको बैठक पछि चार महिनाको समयसहित केन्द्रीय सदस्यहरु ७७ जिल्लामा परिचालित हुनेछन् ।  उनीहरुले क्रियाशील सदस्यहरूको क्रियाशीलताबाटै अध्ययन गरी जनता र पार्टीको सम्बन्ध र पार्टी र जनप्रतिनिधिको सम्बन्धलाई केन्द्रमा राखेर अध्ययन गर्नेछन् ।  

Royal Enfield Island Ad

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले मिसन ०८४ नाम दिएर अभियान थालिरहेका बेला कांग्रेसले भने संगठनको अवस्था र कांग्रेसप्रति नागरिक बुझाइको परीक्षणको तयारी गरेको सहमहामन्त्री चौधरीको भनाइ छ । 

“केन्द्रीय सदस्यहरु चार महिनाका समय लिएर स्थानीय तहुसम्म पुगेर विस्तृत अध्ययनबाट प्रतिवेदन लिएर फर्कनुहुनेछ,” चौधरीले बाह्रखरीसँग भने, “पार्टी र जनताको सम्बन्ध र पार्टी र जनप्रतिनिधिको सम्बन्धलाई आधार बनाएर उहाँहरुले संगठनको अवस्था बुझ्नुहुनेछ ।” 

त्यसबाहेक नेपाली कांग्रेसले भ्रातृ संस्थाहरुको प्रभावकारिता स्थापित गर्न उनीहरुको महाधिवेशन गर्ने वातावरण निर्माणको गृहकार्य थालेको छ ।  त्यसका लागि साउन २३ देखि हुने केन्द्रीय समितिको बैठक वा त्यसअघि नै सभापति देउवाले निर्देशक समिति बनाउने तयारी रहेको छ । 

“लामो समयदेखि भ्रातृ संस्थाको अधिवेशन नहुँदा तरुण, विद्यार्थी, महिला, किसानसहितका क्षेत्रमा पार्टीको पकड कस्तो छ भन्ने समेत यथार्थ अवस्था थाहा नपाउने अवस्था बनेको छ,” सहमहामन्त्री चौधरीले भने, “त्यसकारण अब निर्देशक समितिले सम्बन्धित भातृसंस्थाको अधिवेशन गराउने छन् ।” 

त्यसबाहेक सबै विभाग गठनको कामलाई पूर्णता दिएर धेरै जना नेता कार्यकर्तालाई एकसाथ जिम्मेवारी दिने समझदारी पनि सोमबारको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा भएको उनले बताए । 

समझदारी अनुसार सभापति शेरबहादुर देउवाले सोमबार नै पार्टीका ३७ विभागका प्रमुखहरु तोकेका छन् । अब ती विभागमा सदस्यहरु थपेर विभागीय प्रमुखहरुले सम्बधित विभागका कार्यक्रम बनाएर संचालन गर्नेछन् । 

नेपाली कांग्रेसको ०७५ सालको महासमितिबाट संशोधीत विधानले पार्टीका विभाग र समितिहरु ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।  ०७८ पुसमा निर्वाचित भएका सभापति देउवाले विभागका प्रमुखहरु नियुक्त गर्न नै साँढे दुईवर्ष लगाएका हुन् । 

त्यसबाहेक पार्टीबाट चुनाव लड्ने उमेदवारलाई टिकट दिने संसदीय समिति (संसदीय बोर्ड)ले अझै पूर्णता पाएको छैन ।  ०७९ सालमा टिकट वितरणका लागि विधान विपरीत हुनेगरी गठन भएको संसदीय समिति भने विघटन भइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro