site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ४० अंकले बढ्यो, २१ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ४०.७६ अंकले बढेको छ । नेप्से १.४७ प्रतिशतले बढेर २७९६.३८ को विन्दुमा पुगेको हो ।

यस दिन ४९ करोड ७७ लाख तीन हजार ७३० कित्ता सेयर २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रका कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस क्षेत्रको समूहगत सूचक ६.६९ प्रतिशतले बढेको छ । यस्तै, ‘अन्य’ तथा व्यापार क्षेत्र पाँच प्रतिशतले बढेको छ भने, हाइड्रो, इन्भेस्टमेन्ट र जीवन बिमा क्षेत्रको समूहगत सूचक पनि तीन–तीन प्रतिशतले बढेको छ ।

निर्जीवन बिमा क्षेत्र एक प्रतिशतले बढ्दा अन्य ६ उपसमूहको समूहगत परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्च नेप्सेका अनुसार आठ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

सोमबार १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने, ७८ को घट्दा एकको स्थिर छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro