site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद गौतमले भनिन्– सार्वजनिकस्थलमा ममाथि दुर्व्यवहार गरियो
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले सार्वजनिकस्थलमा आफूमाथि दुर्व्यवहार गरिएको बताएकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले आइतबार (हिजो) निर्वाचन क्षेत्रमा बाढीपहिरोको अवस्था अवलोकन गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–६, मनकामना टोलनजिकै आफूमाथि अभद्र व्यवहार गरिएको बताइन् ।

मूलपानी क्रिकेट रंगशालानजिकै पहिरोको अवलोकन गरेर फर्कंदा युवाको समूहले दुर्व्यवहार गरेको उनले जानकारी गराइन् । “फर्केर आउँदा म र स्वकीयसचिव थियौँ । १५–२० जना साथीहरू जम्मा हुनुभएको थियो । ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्न थियो । कोही गाँजाको नशाामा लट्ठ हुनुहुन्थ्यो । कोही रक्सीले मात्तिएको, कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । एकाएक घेर्न थाल्नुभयो । तपाईंहरू बुढोमान्छेले बोलाएको ठाउँँमा मात्रै जाने ? भनेर प्रश्न गर्न थाल्नुभयो,” उनले सुनाइन् ।

Dabur Nepal
NIC Asia

उनले युवाले आफूलाई घेरेर फोहोरी शब्द बोलेको बताइन् । नम्रशैलीमा आफ्ना कुरा राख्न आग्रह गर्दा पार्टीगत आक्षेप लगाइएको उनले बताइन् ।

सुरक्षा चुनौती भएपछि आफू चिया पसलमा पुगेको उनले जानकारी गराइन् । “मलाई दुर्व्यवहार नै गर्ने शैलीले उहाँहरू त्यहाँ जम्मा हुनुभएको थियो,” उनले बैठकमा भनिन् ।

आफूमाथि अभद्र व्यवहारको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने कुनै राष्ट्रिय दलको संगठनको व्यक्ति भएको उनको भनाइ छ । “बाटो ढुकेर चौतारामा कुरेर, छोरीमान्छेलाई तर्साउने अभ्यास के यो अमर्यादित भएन ? यो जंगली प्रकारको भएन ?,” उनले प्रश्न गरिन् ।

उनले आफू निर्वाचन क्षेत्रमा जाँदा कहाँ खाली स्थान छ भन्दै डराउँदै हिँड्नुपर्ने हो ? भनि थप प्रश्न गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu