कला
काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘होस्टेल–३’बाट हास्य कलाकार ‘माग्ने बुढा’ (केदार घिमिरे)का छोरा आशिष घिमिरेले ले डेब्यु गर्ने भएका छन् ।
आशिषले बाल्यकालमा चर्चित हास्य टेलिचलचित्र ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक पात्रको रोलमा काम गरेका थिए । अब उनी ठूलो पर्दामा देखिन लागेका हुन् ।
चलचित्र ‘होस्टेल–३’ले छायांकन अगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायांकनमा जान लागेको यो चलचित्र फागुन १६ गते रिलिज हुनेछ ।
यो चलचित्रको प्रमुख भूमिकामा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी अनुबन्धित भइसकेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१ ०९:०२
प्रतिक्रिया दिनुहोस्