site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रिन्स अन्तिम खेलमा पनि पराजित, नेपालका सातमध्ये ६ खेलाडीको चुनौती सकियो 

काठमाडौं । नेपालका ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को अन्तिम खेलमा पनि पराजित भएका छन् । बुधबार भएको समूह चरणको अन्तिम खेलमा प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग सोझो सेटमा पराजित भए । 

प्रिन्सविरुद्ध गिल्बरम्यानले पहिलो सेट २१–१२ ले जितेका थिए । दोस्रो सेटमा पनि प्रिन्स २१–१० को स्कोरमा पराजित भए । योसँगै पेरिस ओलम्पिकमा प्रिन्सको पनि चुनौती समाप्त भएको छ । 

नेपालबाट ओलम्पिकको यस संस्करणमा सात खेलाडीले सहभागिता जनाएको भए पनि हालसम्म ६ खेलाडीको चुनौती समाप्त भइसकेको छ । यीमध्ये कुनै पनि खेलाडीले आफ्नो खेलमा जित निकाल्न सकेनन् । 

नेपालबाट टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठसँगै पौडीका एलेक्जेन्डर शाह र डुवाना लामाले प्रतियोगितामा चुनौती प्रस्तुत गरिसकेका हुन् । अब नेपालबाट एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro