site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समस्या समाधान भएपछि चल्न थाल्यो विद्युतीय लाइसेन्स प्रणाली

काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा आएको समस्या समाधान भएको बताएको छ ।

विभागका अनुसार केही दिनदेखि विद्युतीय लाइसेन्स प्रणालीमा समस्या आइरहेको थियो । मंगलबार (हिजो) रातिसमेत प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरेको विभागले जनाएको थियो ।

अहिले समस्या समाधान भइसकेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए । उनका अनुसार विद्युतीय लाइसेन्स प्रणाली (ईडीएल)को समस्या समाधान भएको हो ।

सवारी दर्तासम्बन्धीको प्रणाली (ईभीआरएस)को समस्या भने समाधान गर्न काम भइरहेको उनले बताए ।

विभागको सर्भरमा समस्या आउँदा पछिल्ला केही दिनयता पटकपटक समस्या उत्पन्न हुँदै आएको छ । अहिलेका लागि भने समस्या समाधान भएर काम भइरहेको विभागले जनाएको हो ।

विद्युतीय लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीदेखि प्रिन्टिङसम्मको काम भारतको मद्रास सेक्यरिटी प्रिन्टर्सले गर्दै आएको छ । निकै पूरानो प्रणाली र मर्मतसम्भार तथा अपडेट समयमा नहुँदा समस्या आउने गरेको विभागको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro