site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सार्वजनिक लेखा समितिका सभापतिले पदको दुरुपयोग गरे : माधव सापकोटा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम असुली गर्न बाँकी रहेका व्यापारीसँग भेटेर पदको दुरुपयोग गरेको आरोप लगाएका छन् । 

डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम नतिरेको भन्दै विवाद भइरहेका बेला सांसद सापकोटाले सो रहस्यमय ढंगको भेटबारे आफूले सूचना पाएको दाबी गरे । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सभापति पोखरेलले पदीय दुरुपयोग गर्दै विवादास्पद व्यापारीसँग भेट गरेको उल्लेख गरे । घटनाको गम्भीरतापूर्वक छानबिन गर्न पनि सरकारसँग माग गरे ।

उनले भने, "डेडिकेटेड फिडर र ट्रंकलाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ । तर, उक्त समितिका सभापति र झगडियाहरूमध्ये बक्यौता समेत कायम रहेका एकजना व्यापारीका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ । पदीय दुरुपयोगको यस घटनाको गम्भीरतापूर्वक छानबिनका लागि जोडदार माग गर्दछु ।"

सांसद सापकोटाले दूध किसानहरूको भुक्तानी तत्काल गर्न पनि सरकारलाई सचेत गराए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro