कला
काठमाडौं । तीजको मर्म र भावना विपरीत यो वर्ष तिज गीत धेरै आएको भनेर आलोचना भइरहेका बेला रचना रिमाल र बद्री पंगेनीको गीतले भने चर्चा पाइरहेको छ ।
रचना र बद्रीको स्वरमा रहेको गीतले तारिफ पाइरहेको हो । चार दिन अगाडि रिलिज भएको गीतमा नारायण ज्ञवालीको शब्दरचना छ । संगीत शिव हमालको छ ।
‘बिलौना’ बोलको गीतमा विवाह गरेर घर गएकी बहिनीलाई तिजमा लिन गएका दाइ र बहिनीबीचको दोहोरो संवाद छ । लामो समय माइतीबाट टाढै रहेकी बहिनी र परदेशिएका दाइले भोगको पीडा गीतमा समेटिएको छ ।
रचनारिमाल युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतको अहिले तारिफ भइरहेको छ ।
गीतको भिडियो राजेश घिमिरेले निर्देशन गरेका छन् । भिडियोमा रचना, बद्रीलगायतको अभिनय छ ।
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१ १४:४८
प्रतिक्रिया दिनुहोस्