site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनेता चयन गर्न देउवालाई शशांकको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

पार्टीका पूर्वमहामन्त्री समेत रहेका कोइरालाले सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।

“किन बनाउनु भएन, केही कारण होला उहाँको मनमा । तर, उपनेता त उहाँले चयन गर्नुपर्ने हो,” उनले भने, “मलाई पनि लाग्छ, उपनेता बनाउनुपर्छ । उहाँको अनुपस्थितिमा उपनेताले बागडोर सम्हाल्छ नि । त्यसैले उपनेताचाहिँ हुनुपर्छ । तर, किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला ।”

उनले आफूलाई उक्त जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताए । पार्टीका सिनियर नेतामध्येबाट संसदीय दलको उपनेता बनाइनुपर्ने उनको भनाइ थियो ।

“...म त आकांक्षी होइन, तर बनाउनुहुन्छ भने त अब मैले नाइँ भन्दिनँ । तर, उहाँले उपयुक्त व्यक्तिलाई बनाउनुपर्छ । सिनियर मान्छेलाई बनाउनुपर्छ भन्ने लाग्छ,” उनले भने । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro