site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मेटमणिको प्रश्न– एक अर्ब ६० करोड पैसा नतिर्नेको राज्यमा रजगज चलिरहनुपर्ने ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले विद्युत्को पैसा नतिर्ने उद्योगीले राज्यमा रजगज चलाइरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले जनता एक हजार रुपैयाँ नभएर अन्धकारमा बस्नुपरेको उल्लेख गरे ।

उनले जनता अन्धकारमा बस्नुपरेको तर विद्युत्को एक अर्ब ६० करोड रुपैयाँ नतिर्नेको रजगज चलिरहेको बताए । ठूला व्यापारीलाई सरकारले सदाशयता देखाएको भन्दै यो कस्तो सुशासन हो ? भनेर उनले प्रश्न गरे ।

उनले ठूलालाई ऐन, सानालाई चैन भएको टिप्पणी गरे ।

देशमा सधैँ घाटाका परियोजना ल्याउने गरिएको भन्दै उनले यसो गर्नु राष्ट्रहितविपरीत भएको बताए । यस्ता परियोजना छनोट गर्ने प्रधानमन्त्री, मन्त्री र सांसदलाई अनुसन्धानको दायरामा ल्याइनुपर्नेमा उनले जोड दिए ।

प्रतिनिधिसभा बैठकमा सांसद मेटमणि चौधरीको भनाइ पढ्नोस्–
एक हजार रुपैयाँ नभएर जनताहरू अन्धकारमा बस्नु परिरहेको छ । तर, एक अर्ब ६० करोड पैसा नतिर्ने पनि राज्यमा रजगज चलिरहनुपर्ने, यो कस्तो सुशासन हो ? कानुन सबैलाई बराबर हो । तर, यहाँ ठूला व्यापारीलाई सदाशयता देखाउने, गरिब जनतालाई सूचना समेत नदिईकन लाइन काट्ने । यो त ठूलालाई चैन, सानालाई ऐन भएन र ? घाटाका परियोजना किन छनोटमा परिरहेका छन् ? सोचनीय विषय बनेको छ । घाटाका परियोजनाहरू छनोट गर्ने, लागु गर्ने कुरा राष्ट्रहितविपरीत कुरा हो । यस्ता परियोजनाहरू छनोट गर्ने प्रधानमन्त्री, मन्त्री र सांसदहरू र अन्य व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ । यदि, यसो गरिएन भने निरन्तर कमिसनका लागि सेटिङ गरेर नोक्सानीका परियोजनाहरू छनोट भइरहन्छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro