site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गोविन्दराज जोशी भ्रष्टाचारी ठहर : नौ महिना कैद, ६९ लाख जरिवाना
गोविन्दराज जोशी । फाइल तस्बिर ।

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले उनलाई भ्रष्टाचारी ठहर गरेको हो ।

उनलाई नौ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना सुनाइएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बाह्रखरीलाई जानकारी दिए ।

उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ सालमा अनुसन्धान थालेको थियो । ०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । जोशीलाई तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको थियो ।

जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोपमा उनकी पत्नी सविता पन्त, जेठीसासू चोलाकुमारी पन्त, सासू नीरकुमारी, साला वासुदेव पन्त, वासुदेवका कान्छा ससुरा ताराराज पाण्डेविरुद्ध समेत मुद्दा दायर गरिएको थियो । तर, ०६३ कात्तिक ३० गते विशेष अदालतले अनुसन्धानको हदम्यादका आधारमा जोशीलाई सफाइ दिएको थियो ।

विशेषको फैसलाविरुद्ध ०६९ फागुन ६ गते सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता गरिएको थियो । त्यो मुद्दाको आज किनारा लागेको हो ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro