site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

काठमाडौं । नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको हो ।

स्थापनाको ४०औँ वार्षिकोत्सवका अवसरमा बैंकले शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो । बैंकले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका निम्ति वाकाथनमार्फत ऐक्यबद्धता जनाएकोे छ ।

वाकाथनको शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्षअगाडि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म आइपुगेको बताए । आउँदो दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने उनले प्रतिबद्धता व्यक्त गरे । “नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ । हामीहरूले दिगो बैंकिङमार्फत यसको सुरुआत गरिसकेका छौँ । आगामी दिनका लागि प्रतिबद्धता जनाउन आज यहाँ उपस्थित भएका छौँ,” उनले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको जानकारी दिए । “बैंकले दरिलो भविष्यका लागि दिगोपनाको नीतिअनुसार गतिविधि अगाडि बढाइसकेको छ । आज देशव्यापी रूपमा आयोजना गरिएको यस वाकाथनले दिगो भविष्यका लागि प्रतिबद्धता र यसबारे जनचेतना जगाउन यस थप सहयोग हुनेमा हामी विश्वस्त छौँ,” उनले भने ।

शनिबार बिहान ७ः३५ बजे दरबारमार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट सुरु वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, सहिदगेट, न्युरोडगेट, वसन्तपुर दरबार स्क्वायर हुँदै फेरि केन्द्रीय कार्यालायमा पुगेर टुंगिएको थियो ।

बैंकका अनुसार, नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ वाकाथन आयोजना गरिएको थियो ।

नबिल बैंक नेपालका अग्रणी बैंकमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro