site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपराष्ट्रपति कार्यालय, दरबारमार्ग हुँदै बग्गीखाना पुगेको ‘बेवारिसे भारतीय कार’

काठमाडौं । तपाईंहरु हिजोसम्म दरबारमार्गस्थित दरबार मलतर्फ हिँडिरहनुभएको थियो भने एउटा कार मूल सडक छेउमै देख्नुभएको हुनुपर्छ ।

जसमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरेर राखिदिएको थियो । ट्राफिकले नै त्यसरी ‘ह्विल लक’ गरेको कार देख्दा ट्राफिक नियम पालना नगरेको वा कुनै दुर्घटना गराएको होला भन्ने आशंका गर्नु सामान्य हो ।

तर, ट्राफिकले त्यसरी लक गर्नुको कारण चाहिँ कारले कुनै दुर्घटना र ट्राफिक नियम उल्लंघन गरेको भने होइन । प्रहरीले कार धनी सम्पर्कमा नआई बेवारिसे भेटेपछि लक गरेर सुरक्षित गरिदिएको हो । भारत तेलङ्गाना राज्यको टीएस०९युडी३९५५ नम्बरको सेतो रंगको सुजुकी कार त्यसरी प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो ।

दरबारमार्ग प्रहरीका अनुसार उक्त कार १० दिनअघि नै दरबारमार्ग नभई लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको गेट अगाडि बेवारिसे अवस्थामा फेला परेको हो । कारलाई क्रेनको सहयोगमा राखेर दरबारमार्गसम्म ल्याइएको हो ।

करिब १० दिन दरबारमार्ग सडकमै रहेको कारलाई बिहीबार भने ट्राफिक प्रहरी महाशाखामा ल्याइएको छ । प्रहरीले उक्त कार कसरी नेपाल आइपुग्यो र किन त्यसरी बेवारिसे अवस्थामा छाडियो भन्नेबारेमा अनुसन्धान थालिएको जनाएको छ । 

दरबारमार्ग ट्राफिक प्रहरीका प्रमुख इन्स्पेक्टर विशाल तामाङका अनुसार कार कसले र किन ल्याएको हो भन्नेबारेमा केही नखुलेको बताउँदै आफूहरुले बग्गीखाना पठाइएको जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro