site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कीर्तिपुरमा रंगशाला निर्माणबारे प्रधानमन्त्रीले गरे त्रिविका पदाधिकारीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर खेल मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने विषयमा आज त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानन्त्री ओलीले त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालसँग छलफल गरेका हुन् ।

"आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारसँग कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्नको लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल भयो । छलफलमा सिनेट बैठक र ग्रेसलिस्टको विषयमा पनि कुराकानी भयो," ओलीले फेसबुकमार्फत भनेका छन् ।

गत असार ३१ गतेको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुर खेल मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको थियो । रंगशालामा दर्शक बस्न प्यारापिट, रात्रिकालीन खेलकुदका लागि ‘ल्फडलाइट’ र आवश्यक संरचना बनाउने सरकारको निर्णय छ । उक्त कामका लागि तीन सय दिनको समय सीमा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २१:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro