अर्थ व्यवसाय
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारी योजना आयोगका सदस्य हुन् ।
त्यस्तै, आयोगको सदस्यहरूमा डा. आरपी बिच्छा, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टन्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१ १७:१९
प्रतिक्रिया दिनुहोस्